सल्यानको कालीमाटीबाट पाटेबाघ नियन्त्रणमा

सुर्खेत/सल्यानको कालीमाटी गाउँपालिका–७ बाट बाघ नियन्त्रणमा लिईएको छ। प्रहरी, नेपाली सेना र डिभिजन वन कार्यालयको टोलीले बुधवार बिहान पाटेबाघ नियन्त्रणमा लिएको हो। बिहान ६ बजेतिर उक्त बाघले गोठमा बाँधेका दुईवटा गोरु मारेको प्रहरीले जनाएको छ।

घुईबारी प्रहरी चौकीका अनुसार बाघको आक्रमणबाट एउटा गोरु घाईते भएको छ। उक्त घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बाघ नियन्त्रणका लागि बर्दीया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ देवीदत्त गणको नेपाली सेना र प्राविधिकको टोली पनि सल्यान पुगेको थियो।

गोठदेखि दुई सय मिटर पश्चिममा रहेको बाँसघारीमा बसिरहेको बेला बाघ नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिईएको बाघ बुधवार नै बाँके राष्ट्रिय निकुञ्जमा पठाईएको छ।

 


तपाईको प्रतिक्रिया