जन माविले विद्यार्थीबाट अवैधरुपमा असुलेको रकम अख्तियारको नियन्त्रणमा

सुर्खेत । विद्यार्थीबाट रसिद, बिल नदिएर अवैध रुपमा असुलेको रकम अख्तियारले नियन्त्रणमा लिएको छ । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित श्री जन नमूना माध्यमिक विद्यालय बाट अवैध रकम नियन्त्रणमा लिइएको हो ।
विद्यालयले यहि साउन २६ गते प्रकाशित कक्षा ११ को प्रवेश परीक्षाको नतिजामा उत्तीणर् बिद्यार्थीहरुबाट विना रसिद संकलन गरिएको २ लाख ७६ हजार ६ सय ९० रुपैयाँ रुपैयाँ नियन्त्रणमा लिइएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
नेपालको संविधान, उच्च अदालत सुर्खेतको अन्तरिम आदेश विपरित बिद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिलसमेत नदिएको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिएको टोलीले सो रकम नियन्त्रणमा लीएको हो । सो रकम र सम्बन्धित कागजातहरु नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी उप सचिव भेषराज रिजालले जानकारी दिए ।
साथै नेपाल सरकारले निःशुल्क घोषणा गरेका अन्य सामुदायिक विद्यालयहरुले समेत बिना रसिद बिभिन्न नाममा र कक्षाहरुमा शुल्क असुल गरेको भन्ने उजुरी उपर आयोगको कार्यालयहरुमा समेतबाट छानबिन भईरहेको बताईएको छ ।


तपाईको प्रतिक्रिया