दीपेन्द्र पंगाली गुर्भाकोट/ गुर्भाकोटमा आज बिहान आगलागी भएको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर १२ बस्ने निमसरा जैसीको घरमा मेहेलकुना राष्ट्रिय वाणिज्य बैंक अगाडी रहेको सुरेश चाईनिज फास्टफुड खाजा घरमा नास्ता बनाउने क्रममा ग्यास लिग हुँदा बिहान ५:३० समयमा आगलागी भएको हो ।
लागेको आगो स्थानीय प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा ६:२५ नियन्त्रणमा लिएको हो । उक्त आगलागीबाट सामान्य भौतिक क्षति भएको छ ।


दर्शन खबर । १ भाद्र २०७९, बुधबार