वीरेन्द्रनगरबाट लागूऔषधसहित तीन जना प्रक्राउ

सुर्खेत/ सुर्खेत प्रहरीले लागूऔषधसहित तीन जनालाई प्रक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका ९ घिमिरेडाँडाबाट वीरेन्द्रनगर ६ का ३१ वर्षीय भीमबहादुर रोकायसहित तीन जनालाई पक्राउ गरेको हो । प्रकाउ पर्नेमा वीरेन्द्रनगर ९ का १८ वर्षीय मनिषा घिमेर र वीरेन्द्रनगर ६ का २५ वर्षीय जीवनकली थापा घिमिरे रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीकाअनुसार उनीहरुको साथबा६ करिब ३ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ । नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाई छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।


तपाईको प्रतिक्रिया