सुर्खेत / नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले ५ दलिय गठवन्धनले देशलाई गम्भिर आर्थिक संकटमा धकेलेको बताएका छन् ।
महंगी र भष्ट्राचारविरुद्ध शनिवार एमाले निकट जनवर्गिय संगठनको आयोजनामा पिपलचौतारामा आयोजित कोणसभामा अध्यक्ष शाहले यस्तो बताएका हुन् । शाहले ५ दलिय गठवन्धन देशका लागि नभई सत्ताको लागि बनाइएको आरोप लगाए ।
‘देश विस्तारै आर्थिक संकटतफै धकेलिदै गएको छ, दैनिक उपभोग्य सामाग्रीहरुको मूल्यले आकाश छोएको छ ।’ शाहले भने, ‘जनताको दैनिकी कष्टकर हुँदै गएका बेला यो सरकारले विचौलियालाई मौलाउन प्रसय दिई रहेको छ ।’
राष्ट्रघाती एमसीसी जस्ता सम्झौता गरेर देशलाई दुर्घटनातर्फ धकेलेको जिकिर गरे । अध्यक्ष शाहले प्रदेश र संघीय निर्वाचनलाई लक्षित गर्दै तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
मंगलगढीबाट सुरु भएको बृहत प्रदर्शन पिपलचौतारामा गएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा संगठनका १० वटै जिल्लाका करिव २ हजार बढिको सहभागिता रहेको आयोजकको दावी छ ।


दर्शन खबर । २८ श्रावण २०७९, शनिबार