कुलेन्द्र शाही सुर्खेत/ सुशासन र समृद्धि सामुदायिक वनमा उध्यम र उध्यमी भन्ने मूल नाराका साथ आज सुर्खेतको भेरीगंगा नगरपालीका १२ छिन्चुदेखि भेरीगंगा १०को बराह डाँडामा वन दिवस मनाइएको छ । डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतको आयोजनामा र सुर्खेतका विभिन्न सामुदायिक वनहरुको सहकार्यमा सामुदायिक वन दिवस मनाउने कार्य सम्पन्न भएको छ ।

सो अवसरमा भेरीगंगा १० बराह डाँडामा रहेको बराह मन्दिरको प्राङगणमा धार्मिक जातका विरुवाहरु रोपिएको छ । प्रदेश वन निर्देशनालयका निर्देशक गोविन्द प्रसाद दहालले विरुवा रोपेर कार्यक्रमको उद्धघाटन गर्नु भएको थियो ।
सो अवसरमा भेरीगंगाका विभिन्न सामुदायिक वन उपभोक्ता समूह,लेकवेशीका विभिन्न सामुदायिक वन उपभोक्ता समूह र वीरेन्द्रनगरका विभिन्न सामुदायिक वन उपभोक्ता समूह गरी ४२ समुहको सहभागिता रहेको थियो भने ४२ वटै समुहलाई प्रमाण पत्र वितरण गरिएको छ ।
प्रमूख अतिथी प्रदेश वन निर्देशनालयका निर्देशक गोविन्द प्रसाद दहालले मानव अस्तित्व र स्वच्छ वातावरणका लागि हरियाली अत्यावश्यक रहेको बताउनु भएको छ । मानव अस्तित्व र वातावरण संरक्षणका लागि हरियाली आवश्यक रहेकोले वातावरण संरक्षणको अभियानमा सबै सहभागि हुनुपर्ने बताउनु भयो ।

डिभिजन वन कार्यालय सुर्खेतका अधिकृत मुनबहादुर रावतकोे अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन र कार्यक्रमको औचित्यताका बारेमा वातावरणका लागि सव डिभिजन वन कार्यालय छिन्चुका रेन्जर भोजप्रसाद उपाध्ययले गर्नु भएको थियो। उक्त कार्यक्रममा सामुदायिक वन सम्वन्धी लोकगीत प्रतियोगिता गरिएको थियो । सो अवसरमा सुर्खेतका विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरुले भाग लिएका थिए ।
भाग लिनेहरुमा कैनपानी सामुदायिक वन उपभोक्ता समूह,उज्जवल सामुदायिक वन उपभोक्ता समूह,भगवति सामुदायिक वन उपभोक्ता समूह,पार्वती महिला सामुदायिक वन उपभोक्ता समूह,चन्द्र सामुदायिक वन उपभोक्ता समूह,फुक्र्रीसल्ली सामुदायिक वन उपभोक्ता समूह, कृष्ण सामुदायिक वन उपभोक्ता समूहले संरक्षण सम्बन्धी सन्देशमूलक गीत सुनाएका थिए ।
जसमा प्रथम पार्वती महिला सामुदायिक वन उपभोक्ता समूह , दृतिय भगवति सामुदायिक वन उपभोक्ता समूह र उज्जवल सामुदायिक वन उपभोक्ता समूह तृतिय भएको छ । प्रथम दृतिय र तृतिय स्थान हासिल गर्नेले क्रमश ५ हजार,३ हजार र २ हजार नगद पुरस्कार र प्रमाण पत्र पाएका छन । यस्तै कार्यक्रममा पञ्चेबाजा सिगांरु नाँच लगायत अन्य रचनात्मक सिर्जनाहरु पनि प्रस्तुत गरिएको थियो ।


दर्शन खबर । २५ श्रावण २०७९, बुधबार