पञ्चपुरी / नेपाली कांग्रेस पञ्चपुरी नगरकार्य समितिको आयोजनामा ७५ औं नेपाल महिला संघको स्थापना दिवस आज एक कार्यक्रमका बिच अन्तरक्रिया सम्पन्न भएको छ । नेपाली कांग्रेसको क्षेत्रिय पार्टी कार्यालय बावियाचौरमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश सहमहामन्त्री उपेन्द्र बहादुर थापाले आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेस लाइ जिताउनको लागि महिला संघको महत्वपूर्ण भुमिका रहने बताउनुभएको छ ।
त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका उपसभापती टोप बहादुर रावत, सुर्खेत क्षेत्र नं २ का पार्टी सभापति इन्द्र बहादुर रावल, पुर्ब जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देल लगायतले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको छ ।
पञ्चपुरी नगरपालिका भित्रका नेपाली कांग्रेसमा आबद्ध महिलाहरुले कार्यक्रममा यसरी आफुहरुलाइ भेला गरि गरेको पहिलो कार्यक्रम भएको र यसका लागि आयोजकलाइ धन्यावाद समेत दिएका छन ।
त्यसैगरी जिल्ला सदस्य नरेन्द्र बहादुर शाही, ज्ञानु कुमारी कंडेल, यामलाल कंडेल, भक्ति पौडेल, प्रदेश क्षेत्रिय सहसचिव कोकिला सहकारी, नेपाल महिला संघ क्षेत्रिय सचिव बेला थापा, नेपाल शिक्षक संघ पञ्चपुरी अध्यक्ष हिरामणी पौडेल, नेपाल राष्ट्रिय मगर संघ पञ्चपुरी अध्यक्ष चन्द्रा आले, नेपाल निजामति कर्मचारी युनियन पञ्चपुरीका मिना बि क, वडा अध्यक्षहरुका तर्फबाट यामबहादुर बि सि, वडा सभापतिको तर्फबाट शशिराम घिमिरे लगायतले नेपाली कांग्रेस पञ्चपुरी नगर कार्यसमितले पहिलो पटक गरेको एतिहासिक कार्यक्रमको संज्ञा दिदै धन्यवाद दिएका छन ।
कार्यक्रममा पञ्चपुरी कै १०४ बर्षकी जेष्ठ महिला सत्यदेबी भण्डारीलाइ सम्मान समेत गरिएको छ । कार्यक्रम पञ्चपुरी नगर सभापति कृपाराम थापाको सभापतित्वमा सम्पन्न भएको हो ।


दर्शन खबर । २४ श्रावण २०७९, मंगलवार