हुम बहादुर कार्की गुर्भाकोट / सुर्खेतको बिरेन्द्रनगर वडा नम्बर ३ मसुरिखेत निवासी बर्ष २३ कि टेकुमाया अधिकारी (सपना) बिरेन्द्रनगर ३ मसुरिखेत आफ्नै घर देखि बिहानै मन्दिर जाने क्रममा हराएकि छन ।
यहि मिति २०७९ साउन ११ गते एका बिहानै मन्दिरमा पुजापाठ गर्न जान्छु भनी बिहान करिब ५:३० बजे निस्केको त्यसपछि घरमा पनि नआएको र सम्पर्कबिहिन भएको उनका भाइ अमृत अधिकारिले जानकारी दिए ।
सपनाको उचाइ करिब ५.६ इन्च गहुँ गोरो पिंक रङ्गको कुर्ता सुरुवाल कालो सेन्डिल चप्पल लगाएको भाइ अमृतले बताए । साथै सबै जनाले खोजी कार्यमा सहयोग गरिदिनु हुन सपनाका भाईले अनुरोध गरेका छन ।
यदि भेटाउनु हुने महानुभाबले नजिकैको प्रहरी चौकी अथवा सपनाका भाइको सम्पर्क मोबाइल नम्बर ९८६८०३१०१५ र ९८५८०४९१२३ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ ।


दर्शन खबर । २४ श्रावण २०७९, मंगलवार