रुकुम पश्चिममा रक्तश्रापका कारण सुत्केरी महिलाको मृत्यु

रुकुम पश्चिम / रुकुम पश्चिममा अत्याधिक रक्तश्रापका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ६ की २० बर्षिया शुसिला बिसीको अत्याधिक रक्तश्रापका कारण मृत्यु भएको हो ।

एक दुई दिन देखि नै सुत्केरी बेथा लागेकी बिसीले सोमबार छोरीलाई जन्म दिएपनि रक्तश्राप रोकिएको थिएन । अत्याधिक रक्तश्राप भएको भएपनि तर परिवारका सदस्यले उनलाई अस्पताल पुय्राउन नसकेपछि शुसिलाले अकालमै ज्यान गुमाउनु परेको स्थानीय डिल्ली शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार शुसिलाका श्रिमान दोस्रो विहे गरेर भारत गएका छन ।


तपाईको प्रतिक्रिया