
सुर्खेत । पार्टीमा पद खोजेर आउनेलाई स्थान नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेशको भेलालाई सम्बोधन गर्न मंगलबार सुर्खेत आएका लामीछानेले यस्तो बताएका हुन । कर्णाली प्रदेश स्तरीय भेलामा उनले कुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको बताए । पार्टीमा पद खोजेर आउनेलाई आफ्नो जिवन रहेसम्म पार्टी प्रवेशमा निषेध हुने उनको भनाई रहेको थियो ।
अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताए । पद रस्वार्थका लागी पार्टीमा प्रवेश गर्दा पार्टीमा वेतिथी हुने भन्दै लामीछानेले पद र स्वार्थका लागी कुनै स्थान नभएको बताएका हुन । कर्णाली फेर्ने कामको सुरुवात कर्णालीकै वासिन्दाले आफ्नो भोट फेरेर गर्न सक्ने उनले बताए ।
भिडियो हेर्नुहोस ।


दर्शन खबर । १७ श्रावण २०७९, मंगलवार