वीरेन्द्रनगरमा मोटरसाइकल एक आपसमा ठोकिँदा दुई जना घाइते

सुर्खेत/ सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल एक आपसमा ठोकिँदा दुई जना घाइते भएका छन्। वीरेन्द्रनगर नगरपालिका–१० घुस्राबाट तिनकुनेतर्फ आउँदै गरेको मोटरसाइकल र बजारबाट एयरपोर्टतर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

प्रहरीकाअनुसार मोटरसाइक एकआपसमा ठोकिँदा कर्णाली प्रदेश ०२००१ प ७६८० नम्बरबको मोटरसाइकल चालक सुसिल गिरी र भे ४ प १३७२ नम्बरको मोटरसाइकल चालक मानबहादुर आले घाइते भएका छन्।

ठक्करबाट आलेको कुहिना र ढाँडमा चोट लागेको र देउती नर्सिङ होममा उपचार छ। यस्तै गिरीको दाईने हात र ढाँडमा चोट लागेको छ भने उनि वेहोस अवस्थामा रहेकोले कर्णाली केयर सुर्खेतमा उपचार भईरहेको प्रहरीको भनाई छ।


तपाईको प्रतिक्रिया