सल्यानमा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी

सल्यान / सल्यानमा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन्। आइतबार साँझ सिद्ध कुमाख गाँउपालिका ५ माझखर्क बस्ने मनबहादुर रोकाको घर नजिकै जंगलबाट ल्याएको च्याउ खाएर उनको परिवारका तीन जना बिरामी परेको प्रहरीले बताएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मनबहादुरकी श्रीमती केउली रोका, आमा देबी रोका र बुवा गोपी रोका बिरामी भएका हुन्। उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेकोमा केउली रोकाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ।


तपाईको प्रतिक्रिया