सुर्खेत/ कर्णाली प्रदेशभर नाग पञ्चमीका दिन सार्वजनिक बिदा हुने भएको छ। २०७८ चैत २९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
साउन १७ गते शुक्ल पञ्चमी (नाग पञ्चमी)को अवसरमा प्रदेशभर बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा हुने भएको हो।



दर्शन खबर । १५ श्रावण २०७९, आईतवार