सुर्खेत/ नेपाल निजामति कर्मचारी संगठनले सहिद मनोज,झपेन्द्र,सुरेन्द्र स्मृति दिवसका अवसरमा सरसफाइ र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । संगठनले आज बिहान भेरी नदीमा अवस्थित समौजीघाट सरसफाइ र निर्माणाधिन गौशाला क्षेत्रमा वृक्षारोपण गरेको हो ।
सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले सहिद दिवसलाई कर्मचारीहरुले रचनात्मक तरिकाले मनाउनु धेरै सकारात्मक भएको बताइन ।
संगठनका जिल्ला अध्यक्ष हेमन्त चुनाराले स्मृति दिवस मनाउने कार्यक्रम अन्तर्गत सरसफाइ, वृक्षारोपण सम्पन्न भएको र भोलि जिसस प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरिने बताए ।
वृक्षारोपणका लागि डिभिजन वन कार्यालयले विरुवा उपलब्ध गराएको हो । कार्यक्रममा एमाले जिल्ला कमिटी उपाध्यक्ष कुलमणि देवकोटा, वीरेन्द्रनगर १० का अध्यक्ष डिलबहादुर रखाल, ११ का अध्यक्ष खिमलाल देवकोटा, पेशागत महासंघका केन्द्रीय सदस्य शंकर भट्टराई, संगठनका प्रदेश अध्यक्ष टंकप्रकाश लामिछाने, नेपाल शिक्षक महासंघका प्रदेश अध्यक्ष देबेन्द्र अधिकारी, देउती सामुदायिक वनका अध्यक्ष टोपबहादुर खड्का लगायत सहभागी भएका थिए ।


दर्शन खबर । १४ श्रावण २०७९, शनिबार