कुलेन्द्र शाही सुर्खेत / सुर्खेतको चिङ्गाड गाउपालीका मटेलामा रहेको चुली युवा क्लब को चौथो साधारण सभा आज (शनिवार) सम्पन्न भएको छ ।क्लबका अध्यक्ष महेश जिसीको अध्यक्षता तथा चिङ्गाड गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर जिसीको प्रमुख आतिथ्यतामा चौथो साधारण सभा सम्पन्न भएको हो ।
वडा अध्यक्ष जिसीको प्रमुख आतिथ्यता भएको साधारण सभामा वर्षभरी गरेको कार्यक्रमको विवरण सार्वजनिक गरीएको थियो । क्लबले सो साधारण सभाबाट १७ सदस्यीय नया समिति समेत चयन गरेको छ । स्थानिय स्तरमा बिभिन्न समाजिक गतिबिधि गर्ने उद्देश्यले स्थापना भएको क्लबको नया समितिको अध्यक्षमा मोतिराम नेपाली (रम्तेल), उपाध्यक्षमा क्रमश खगेन्द्र जिसी, कृष्ण जिसी (कपिल), महासचिवमा प्रदिप जङ्ग राना ,सचिबमा प्रमोद जिसी, निर्मला आचार्य, कोषाध्यक्षमा सीता जिसी लगाएत १७ सदस्य रहेको नेतृत्व प्रचारप्रसार विभाग एवम् ,सचिब निर्मला आचायले बताईन ।

कार्यक्रममा प्रमुख अतिथि चिङ्गाड गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर जिसी, विशेष अतिथि नेकपा माओवादी केन्द्र चिङ्गाड गाउपालिका अध्यक्ष समर बहादुर कामी, विशेष अतिथि क्लबका सल्लाहकार समिती सदस्यहरु प्रकाश जिसी र वीर बहादुर जिसीे लगायतले क्लबका गतिबिधिको प्रशंसा गर्दै क्लबको माध्यम युवालाइ उर्जाशिल कार्यबाट समाजमा धेरै परिर्वतन गर्न सकिने बताउदै नवनिर्वाचित सदस्यलाइ बधाइ साथै शुभकामना दिएका थिए ।

यस्तै कार्यक्रममा बोल्दै यस्तै कार्यक्रममा बोल्दै सफल नेतृत्व हस्तान्तरण महेश जिसीले १७ सदस्यीय कार्यसमितिलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । यस्तै उनले क्लबलाई यहासम्म पुर्याउन महत्वपूर्ण सहयोग गर्ने क्लबका पदाधिकारी सदस्यहरु, सल्लाहकार समितीका संयोजक सदस्य ज्युहरु, स्थानीय सरकार, जिल्ला खेलकुद बिकास समिती, प्रदेश खेलकुद परिषद, खेलकुद अन्तरगतका सम्पुर्ण संघहरु, निरन्तर आर्थिक, नैतिक, भौतिक, मानसिक सहयोग समर्थन गर्ने सहयोगी दाताहरु, देशभित्र रहने देश बाहिर रहनुहुने सम्पुर्ण खेलाडी मित्रहरु, पत्रकार, कलाकार, शिक्षा स्वास्थ्य पर्यटन सुरक्षासम्बन्धी काम गर्ने सम्पुर्ण निकायहरू सम्पुर्णमा हार्दिक धन्यवाद दिदै आउदा दिनहरुमा यहाहरुको साथ सहयोग समर्थन निरन्तर रहने कुराको बिश्वास व्यक्त गरेका छन् भने आफू पनि क्लबलाई निरन्तर सहयोग साथ दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।


दर्शन खबर । १४ श्रावण २०७९, शनिबार