छेडा थलह सडकखण्डको अवरोध वडा अध्यक्ष खड्काको पहलमा हट्यो

कुलेन्द्र शाही सुर्खेत / जाजरकोटको शिवालय गाउँपालिका वडा नं ९, स्यानीबग्रीमा पहिरो खस्दा अवरुद्ध भएको छेडा थलह सडक करिब २४ घण्टा पछि आज (शनिवार) पुर्ण रुपमा खुलेको छ ।

शिवालय गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष दीपक खड्काको पहलमा छेडा थलह सडक खुलाउन २ वटा डोजरको प्रयोग गरि पहिरो हटाइ दुईतर्फी सडक सुचारु गरिएको वडा अध्यक्ष खड्काले बताए ।

विहिवार मध्ये राति सो पहिरो खसेको भए पनि शुक्रबार मात्रै आफुलाई जानकारी आएको अध्यक्ष खड्काले जानकारी दिए । छेडा थलह सडकखण्डमा पहिरो खसेपछि सयौं सवारी जाममा परेका थिए । अहिले सवै सवारी गन्तव्य तर्फ लागेका छन ।


तपाईको प्रतिक्रिया