ठाकुरबाबा नगरपालिकाका बाढि पीडितले न्याय नपाएको भन्दै नगर प्रमुखलाई बुझाए ज्ञापन पत्र

ज्योति पन्थी बर्दिया / बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाका स्थानीयले बाढि आएको ५ वर्ष बितिसक्दा पनि सरकारले बाडिबाट पीडित भएकाहरूलाई राहत तथा क्षतिपूर्ति नदिएको भन्दै नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझायका छन् ।

२०७४ सालमा बबई नदिमा आयको बाढिले घरबार बिहिन बनेका बाढि पीडितको समस्यामा सरकार मौन रहेको र ५ बर्ष बितिसक्दा पनि कुनै सुनुवाई नगरेको भन्दै नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझाएका हुन ।

बिगतको स्थानीय सरकार समक्ष पटक–पटक अनुरोध गर्दा पनि सुनुवाई नभएपछि यस पटक पनि स्थानीय सरकारलाई ध्यानकार्षण होस भन्ने उदेश्यले ज्ञापन पत्र बुझाईएको बाढि पीडितहरूले बताएका छन् ।

स्थानीय बाढि पडिितको ज्ञापन पत्र बुझ्दै ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक लम्सालले नगरपालिकाले विपन्न, सुकुम्बासी, भूमिहिन लगायतका परिवारका छोराछोरीलाई १२ कक्षासम्म निशुल्क शिक्षा दिन, स्वास्थ्य बीमा गर्न, पशुधनको सुरक्षाका लागि बीमा कार्यक्रम गर्न बजेट विनियोजन गरि काम अगाडि बढाएको र आफ्ना नगरपालिका भित्रका बाढि पीडितका लागि लढ्ने र राहातका लागि केन्द्रिय सरकारसँग पहल गर्ने बताउनु भयो ।


तपाईको प्रतिक्रिया