प्रधानसेनापति आईपीएसको कार्यक्रममा सहभागी भएको बारे राष्ट्रिय सभामा सरकारको जवाफ माग


काठमाडौं । प्रधानसेनापति अमेरिकाको इन्डो–प्यासिफिक कमान्डले आयोजना गरेको वार्षिक सम्मेलनमा सहभागी भएको विषयमा राष्ट्रिय सभामा प्रश्न उठेको छ ।
बिहीबार राष्ट्रिय सभा सदस्य दिल कुमारी रावल थापाले अष्ट्रेलियाको मेलवर्नमा भइरहेको आईपीएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागी भएको भन्ने समाचारबारे सरकारसँग सत्य, तथ्य के हो भन्दै जवाफ माग गरेकी छन् ।
बैठकको शून्य समयमा बोल्दै सांसद थापाले एकातिर आईपीएसमा सहभागी नहुने सरकारको निर्णय अर्को तिर प्रधानसेनापति आईपीएसको कार्यक्रममा सहभागी हुने भन्दै सरकारको दोहोरो नीतिबारे प्रश्न गरेकी हुन्।
अस्ट्रेलियाको सिड्नीमा तीन दिन भएको वार्षिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्मा सहभागी भएका थिए।


तपाईको प्रतिक्रिया