जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी सुब्बाकुनाबाट पक्राउ

सुर्खेत । वीरेन्द्रनगरबाट जबरजस्ती करणीमा मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । बुधबार साझ ८ः४५ बजेको समयमा फरार प्रतिवादी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुासार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ का २४ वर्षीया भगवान वलेली मगर रहेका छन् । उनलाई प्रहरीले गोप्य सुचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाबाट पक्राउ गरेको हो ।
भगवानलाई पक्राउका लागि जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा प्रहरी खटिएको थियो । उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया