
काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २–१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति पहिलो हाफ १–१ स्थितिमा सकिँदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो । एलेक्जान्ड्रा पोपले खेलको ४०औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन् । पहिलो हाफ सकिन एक मिनेट अघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्माघाती गोल गर्दा फ्रान्स १–१ को अवस्थामा आइपुग्यो। ७६औं मिनेटमा पोपले दोस्रो गोल गर्दै जर्मनीको जित सुनिश्चित गरिन् ।
अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ। अघिल्लो रात इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ । फाइनल खेल वेल्बली रंगशालामा आइतबार राति हुनेछ ।


दर्शन खबर । १२ श्रावण २०७९, बिहीबार