सल्यान । टिकटक बनाउन भिडिओ खिच्ने क्रममा सल्यानको कुपिन्डे दहमा पसेका युवा मृत फेला परेका छन् ।
वनगाड कुपिन्डे नगरपालिका– ८ स्थित कुपिन्डे दहमा पसेका ३७ वर्षीय वेदबहादुर बस्नेतको बुधबार दिउँसो शव निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित खड्काले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।
सल्यान कपुरकोट ६ का बस्नेत दाङको तुलसीपुरमा बस्दै आएका थिए ।
डिएसपी खड्काका अनुसार बस्नेत मंगलबार दिउँसो साढे १२ बजेतिर टिकटक बनाउने भन्दै कुपिन्डे दहमा गएका थिए ।


दर्शन खबर । ११ श्रावण २०७९, बुधबार