छिन्चुको सामुदायीक वनमा भटियो मानव कंकाल

कुलेन्द्र शाही सुर्खेत / भेरीगंगा नगरपालिकामा पर्ने छिन्चुको सामुदायीक वनमा मानव कंकाल फेला परेको छ । आज (बिहीबार) बिहान ८ बजेको समयमा भेरीगंगा १० साततले स्थित गौरीशंकर सामुदायीक वनमा उक्त कंकाल फेला परेकोे हो ।
ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक रमेश राईका अनुसार स्थानीयहरूले घाँस काट्न गएको बेला मानव शरीरको अस्थिरपञ्जर फेला पारेका हुन । मानव कंकाल फेला परेको होहल्ला सुनेपछि ईलाका प्रहरी कार्यालय छिन्चुबाट तत्काल प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली पुगेको थियो ।
छरिएको अवस्थामा फेला परेको कंकाल १ देखि ३ महिना जतिको पुरानो भएको र कपडाको आधारमा पुरुष व्यक्तिको हुन सक्ने प्रहरीको भनाई छ ।
उक्त कंकाल संकलन गरि ईलाका प्रहरी कार्यालय छिन्चु ल्याएको प्रहरी निरिक्षक राईले दर्शन खबरलाई जानकारी दिनुभयो । कंकाललाई इलाका प्रहरी कार्यालयमा ल्याएको र यसको डि.एन.ए परिक्षण गरेर थप जानकारी दिने प्रहरी निरिक्षक राईले बताउनुभयो ।


तपाईको प्रतिक्रिया