लेकवेशी १० मा बाघको आतंक, स्थानीय सरकार वेखबर

                                                                   फाईल फाेटाे

सुर्खेत । लेकवेशी नगरपालिका वडा नम्वर १० को गोलखाल्टा र कालिका सामुदायीक बनमा बाघले आतंक मच्चाउदा स्थानिय त्रसित बनेका छन । स्यानीय गोलखाल्टा सामुदायीक बन र कालिका सामुदायीक बनमा विगत ६ महिना देखी बाघले आतंक मच्चाउन थालेको स्थानियले गुनासो गरेका छन् । आजभोली दैनीक जसो रातीको समयका बाघले खोरमा थुनेका बाख्रा, बंगुर र कुकुरहरु मार्ने गरेका कारण स्थानीयमा त्रास बढेको स्थानिय नेत्र ढकालले जानकारी दिए । विद्यालय जाने विद्यार्थीहरु दिनहुँ जसो बाघले आतंक मच्चाउन थालेपनी विद्यालय जानै छाडेको स्थानियको भनाई रहेको छ । वडा नम्वर ९ को चौरासे जंगल,मैनडाँडा,खारखोली, धवेन, सालघारी देखी देवी डाँडा सम्म बाघले आतंक मच्चाएको स्थानिय नागरिकहरुले गुनासो गरेका छन् । यता यस विषयमा वडा नम्वर १० को कार्यालय भने बेखवर रहेको छ । वडा नम्वर १० का वडा सचिव चेतन आचार्यले बाघले आतंक मच्चाएको विषयमा आफुलाई र वडा कार्यलयका कुनै जानकारी नआएको बताए । यस्तै लेकवेशी नगरपालिकाका नगर प्रमुख उमेश कुमार पौडेलले १० नम्वर वडामा बाघले आतंक मच्चाएको खबर आएता पनी कुन स्थानमा हो भन्ने जानकारी नआएको र नगरपालिकाले यस विषयमा चासो व्यक्त गरेको बताए ।


तपाईको प्रतिक्रिया