गण्डकीका मुख्यमन्त्री नेपालीलाई कोरोना संक्रमण पुष्टि

सुर्खेत / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार गरिएको कोरोना परीक्षणमा उनलाई कोरोना पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

उनको सचिवालय अनुसार मुख्यमन्त्री पोखरेल केही दिनअघिबाटै अस्वस्थ थिए । उनमा उच्च ज्वरो र रुघालेसमेत सताइरहेको बताइएको छ । अस्वस्यपछि उनलाई सोमबार चिकित्सकहरुले कोरोना जाँच गर्न सुझाव दिएका थिए ।

त्यसपछि गरिएको पीसीआर परीक्षणमा उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।


तपाईको प्रतिक्रिया