वीरेन्द्रनगरबाट वन मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत / जिल्लाको वीरेन्द्रनगरबाट वन मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार दिउँसो चार बजेको समयमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–२ फलाटेका ४५ वर्षीया हरीबहादुर सुनार रहेका छन् । उनलाई घरबाटै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रदेश ब्युरो टोलीले नियन्त्रणमा लिएको हो ।

सुनारलाई नियन्त्रणमा लिएर सुर्खेत जिल्ला अदालतमा बुझाएको प्रहरीको भनाई रहेको छ ।

सुनार सुर्खेत जिल्ला अदालतको लागत नम्बर १०६५ को फैसला अनुसार २ महिना ८ दिन कैद सजाय र नौ हजार आठ सय ४८ रुपैयाँ जरिवान तोकिए पछि फरार भएका थिए ।


तपाईको प्रतिक्रिया