सुर्खेत/दैलेखमा दुई बालबालिकाको पानी ट्याकींमा डुवेर मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको हिजो कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङकी बोडघाटमा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताए ।
‘दिउँसो चार बजे उनीहरु मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो ।’ उनले भने ।


दर्शन खबर । ३ श्रावण २०७९, मंगलवार