चौकुनेमा कोरोना प्रभावितहरूलाई छुट्याएको ७१ लाख रकम फ्रिज

सुर्खेत / सुर्खेतको चौकुने गाउँपालिकामा कोरोना भाइरस कोभिड १९ बाट प्रभावितहरूलाई राहतका लागि छुट्याएको ७१ लाख १४ हजार रकम फ्रिज भएको छ ।

पालिकामा कोरोना महामारीबाट प्रभावित ७ सय १४ जना नागरिकलाई १० हजारका दरले वितरण गर्ने भनिएको राहत रकम फ्रिज भएको हो । यस अघिका जनप्रतिनिधिले कोरोनाबाट प्रभावित अति विपन्न परिवारको नाम छनोट गरी राहतका लागि पालिकामा पेस गरेका थिए ।

प्रत्येक वडाबाट विपन्नताका आधारमा बढिमा ७० जनाका दरले छनोट भएका ७ सय १४ जनाले लक्ष्मी बैंकमा खातासमेत खोलेका थिए । तर, पालिकाले राहत रकम वितरण नगर्दा बजेट फ्रिज भएको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन पाण्डेले उक्त राहत रकम फ्रिज भएको बताए । ‘केन्द्रबाट आएको कार्यविधिविपरीत हामीले भुक्तानी दिँदा भोलि बेरुजु आउने र असुल गर्न समस्या हुने भएका कारण सो रकम फ्रिज गराएका हौँ,’ पाण्डेले भने ।नेपाली रैबार 


तपाईको प्रतिक्रिया