सुर्खेत/ पछिल्लो सयम एमाले आर्थिक विभाग सदस्यमा रहेको भन्दै विवादमा मुछिएका गभर्नर महाप्रसाद अधिकारीको योग्यताको विषयमा संसद्मा आवाज उठेको छ। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले गभर्नरको शैक्षिक योग्यता माथि प्रश्न गरेका हुन्।गत चैतमा अधिकारीले अर्थ मन्त्रालयमा बुझाएको व्यक्तिगत विवरणमा नेपालबाट स्नातक उत्तीर्ण गरेको र त्यसपछि भारतबाट सीए गरेको विवरण माथि सांसद विष्टले प्रश्न गरेका हुन्।
उनले गभर्नर अधिकारीले भारतबाट स्नातकोत्तर सरह भएको दाबी गरे पनि नेपालमा अहिलेसम्म मान्यता नदिएको बताए। त्यसैले योग्यता नपुगेका गभर्नर अधिकारीलाई हटाउनुपर्ने सांसद विष्टले माग गरेका छन्। राष्ट्र बैंकको गभर्नर हुन स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने भन्दै तत्काल उनलाई पदबाट हटाउनु पर्ने सांसद विष्टको माग थियो।


दर्शन खबर । २ श्रावण २०७९, सोमबार