सुर्खेत / मापदण्ड विपरीत अनधिकृत व्यक्तिबाट अल्ट्रासाउण्ड ९भिडियो एक्सरे० लगायतका रेडियोलोजिष्ट सेवा दिएर बिरामीको स्वास्थ्यमाथि नै खेलबाड हुने गरेको पाइएको हुँदा यो सेवा लिँदा सचेत रहन आग्रह गरिएको छ।
नेपाल रेडियोलोजिष्ट एसोसिएसनले आज एक विज्ञप्ति निकाल्दै अल्ट्रासाउण्डलगायतका रेडियोलोजी सम्बन्धी सेवाहरु अनधिकृत व्यक्तिबाट नलिन सर्वसाधारणलाई आग्रह गरेको हो।
नेपाल स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड २०७७ को पनि बर्खिलाफ हुने हुँदा सो कार्यलाई निरुत्साहित गर्न र आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई एसोसियसनले आग्रह गरेको छ।
रेडियोलोजिष्टमार्फत प्रदान हुनुपर्ने विशेषज्ञ सेवा अनधिकृत रुपमा प्रवाह भएकाले त्यसलाई तत्काल रोक्न एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलगायतलाई ज्ञापन पत्र बुझाएको समेत बताइएको छ।


दर्शन खबर । १ श्रावण २०७९, आईतवार