बाँकेमा बसको ठक्कर बाट ४ जना घाइते

सुर्खेत / नेपालगञ्ज गुलरिया सडकखण्डको मानपुरमा बसको ठक्करबाट ४ जना घाइते भएका छन । बसको ठक्करबाट स्कुटी चालक खजुरा गाउँपालिका ४ की ४५ वर्षीया लक्ष्मी शाह, अटो चालक खजुरा गाउँपालिका ७ का ३५ वर्षीय रामसेवक यादव, १६ वर्षीय हनिस खाँ र पैदल हिडिरहेका सोही स्थानका ३५ वर्षीय इस्माइल साइ घाइते भएका प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो प्रदेश ३–०१–००६ नम्वरको बसले भे १ ह १०३२ नम्वरको अटो र भे ९ प ५४३१ नम्वरको स्कुटीलाई ठक्कर दिँदा चार जना घाइते भएका हुन । तीमध्ये तीन जनालाई गहिरो चोट लागेको छ । नेपालगञ्जबाट खजुरातर्फ जाँदै गरेको बसले स्कुटी, अटो र पैदलयात्रुलाई ठक्कर दिँदै सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । तीब्र गतिको बसले विपरीत दिशाबाट आइरहेको स्कुटी, अटो र पैदलयात्रुलाई सोहर्दै लगेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


तपाईको प्रतिक्रिया