सुर्खेत / बर्दियामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन । ति बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मधुवन नगरपालिका–६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार पक्राउ गरेको हो ।
गोठको पछाडि लगेर रजालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।उक्त विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


दर्शन खबर । १ श्रावण २०७९, आईतवार