सुर्खेत / बाँकेमा लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१४ बस्ने ५५ वर्षीय अज्जन खाँ, वडा नम्वर १६ बस्ने २६ वर्षीय दिलदार अन्सारी र २८ वर्षीय इरफान जोलाह रहेको छन ।
खाँले अन्सारी र जोलाहलाई लागु औषध विक्रीवितरण गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि सीमा प्रहरी चौकीका इन्चार्ज राजेन्द्र सिंह पुजाराको कमाण्डमा खटिएको प्रहरीको टोली र लागु औषध व्यूरोको टोलीले उनीहरुलाई नेपालगन्जको चौलिक्काबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ ग्राम ८ सय मिलि ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । १ श्रावण २०७९, आईतवार