सुर्खेत । सल्यानमा नुहाउन गएका एक जना बालको मृत्यु भएको छ ।
कालिमाटी गाउपलिका वडा नम्बर ७ मा पर्ने बबई नदीमा सोही स्थानका दिपेश बिकको मृत्यु भएको हो । मृतक बिक संगै नुहाउन गएका अन्य दुई जना भने शकुसल रहेका छन् ।
मृतक दिपेश बिक कि बहिनि ले सँगै नुहाउन गएका मामा को छोरा (दाई) लाई नुहाउने क्रम मा आफ्नो दाजु डुबेको भने पछि दुई भाईबहिनि मिलेर खोज्दा नभेटेपछि घरमा खबर गरेका थिए । घर बाट आफन्ती अनि गाउले आएर खोज्दा दिपेश को शब् बबई नदीमा मृत् अबस्थामा भेटिएको कालिमाटी गाउ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष मित्रलाल सुनारले जानकारी दिए ।
बालकको सव कोहलपुर मा पोस्ट मार्टम गरि अन्तिम दाहांसस्कार को लागि घर पठाएको छ । साथै वडा अध्यक्ष सुनारले सम्पुणर् बालबालिका तथा अभिभावक हरु लाई बर्खायाम सुरु भएकाले नाजिकै को खोला-नालामा नजान र बबई नदीबाट सतर्क रहन समेत आग्रह गरेका छन् ।


दर्शन खबर । १ श्रावण २०७९, आईतवार