हावाहुरीले अछामका विभिन्न विद्यालयको छाना उडायो

टेकराज भण्डारी । अछाम। हावाहुरीले अछामका विभिन्न विद्यालयको छाना उडाएको छ ।

हावाहुरीले मङ्गलसेन नगरपालिका–१३ बस्तीमा रहेको शिशु सुधार माविको ४ कोठे भवन र छात्रावासको छाना उडाएको छ । शनिवार बेलुकी करिब आधा घण्टा बढी चलेको हावाहुरीले छाना उडाएर पूर्ण रूपमा क्षति गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन थापाले बताउनुभयो ।

छात्रावास र विद्यालयको छाना उडाएपछि विद्यार्थीको पठनपाठन प्रभावित हुने उहाँको भनाइ छ । सम्बन्धित निकायलाई छाना मर्मतका लागि सहयोग गरिदिन प्रधानाध्यापक थापाले आग्रह गर्नुभएको छ ।

यस्तै हावाहुरीका कारण हुर्कँदै गरेको मकै बालीमा समेत क्षति पुगेको छ । जिल्लाको ढकारी, कमलबजार, मङ्गलसेन लगायतका ठाउँका बारीमा लगायतका मकै हावाहुरीका कारण ढलेर क्षति भएको हो ।


तपाईको प्रतिक्रिया