उपसभामुख भुसालले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रतिनिधिसभाकी निर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
शुक्रबार निर्वाचित भएकी उपसभामुख भुसाललाई राष्ट्रपति भवन शीतल निवासमा सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतको उपस्थिति रहेको थियो ।

भुसाल शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रनितिधिसभाबाट बहुमतले पारित गरेको थियो ।
प्रतिनिधिसभामा २४२ सांसद उपस्थित रहेकोमा भुसालको पक्षमा १४८ मत पर्दा विपक्षमा रहेकी विद्या भट्टराईको पक्षमा ९३ मत खसेको थियो ।


तपाईको प्रतिक्रिया