कुलेन्द्र शाही सुर्खेत / भेरीगंगा नगरपालीकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । भेरिगंगा नगरपालिका वडा नं १२ स्थित रामजानकी वन भित्रको हरित पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
लायन्स क्लब अफ छिन्चु सुर्खेतले वृक्षारोपण कार्यक्रम आयोजना गरेको कार्यक्रममा लायन्स क्लब छिन्चु कि अध्यक्ष लायन विद्या खत्रीको अध्यक्षता तथा रिजन चियर पर्सन लायन पवित्रा खड्काको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अमला , तेजपत्ता, धुपिसल्ला, जस्ता विभिन्न प्रजातिका २१५ बिरुवा रोपिएको छ ।

वातावरणलाई स्वछ पार्न र समाजप्रतिको दायित्व निभाउन यो कार्यक्रम गरेको र, आगामी दिनमा पनि यस्तै खालका कार्यक्रम गर्ने लायन्स क्लब छिन्चुका अध्यक्ष लायन विद्या खत्री बताउनुभयो । लायन्स क्लब अफ छिन्चु सुर्खेतले बढ्दो प्रदूषणलाई मध्यनजर राखेर आफ्नो क्षेत्र ,हरित पार्कलाई प्रदूषण रहित र हरियालीयुक्त बनाउने लक्ष्य राखेको छ ।

वृक्षारोपण कार्यक्रममा विशेष अथितीको रुपमा भेरिगंगा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर डाँगी,अथिती राम जानकी वनका अध्यक्ष रगबिर सुनार,उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष सोम राज ढकाल , नि–बर्तमान उप–प्रमुख रेणु आचार्य ढमाल लगायत सम्पूर्ण लायन लिडरहरु, वन उपभोक्ता समितीका पदाधिकारी हरुको उपस्थिती रहेको थियो ।






दर्शन खबर । ३२ असार २०७९, शनिबार