सुर्खेत/ इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा, कोहलपुर नगरपालिका वडा नं।८ पिपिरी बस्ने ३३ वर्षिय खगिसरा सुनार रहेकी छिन ।
उनलाई प्रहरीले करिब ५ सय २० मिलिग्राम ब्राउन सुगरसहित सोमबार साँझ पक्राउ गरेको हो । इप्रका कोहलपुरका अनुसार, विशेष सूचनाको आधारमा खटिएको प्रहरीले खगिसराको घर तलासी गर्दा ९ वटा प्लास्टिकको पुरियामा रहेको ब्राउन सुगर फेला पारी उनलाई नियन्त्रण्मा लिइएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इप्रका कोहलपुरले जनाएको छ ।


दर्शन खबर । २८ असार २०७९, मंगलवार