आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको स्वास्थ्यमा सुधार

सुर्खेत / कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको स्वास्थ्यमा सुधार आएको छ । सोमबारर श्वासप्रश्वासमा समस्या र रगतमा बोसोको मात्रा अत्याधिक देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । हाल उनको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भई रहेको छ । ‘औषधी र अक्सिजनको सहयताले उपचार चलिरहेको छ ।’ विष्टका प्रेस सल्लाहकार हृदय रिमाल भने, ‘त्रमिक सुधार भईरहेको छ, सम्भवत भोली बुधबार वाडमा सार्ने तयारी छ ।’

उनकाअनुसार विष्टले आफूलाई सहज महसुश भइरहेको भन्दै आगन्तुकहरुसँग कुराकानी गर्ने गरेका छन् । विष्टलाई कम्तीमा एक हप्ता अस्पतालमा राखेर उपचार गर्नुपर्ने अस्पतालले सल्लाह दिएको रिमालको भनाई रहेको छ ।


तपाईको प्रतिक्रिया