सुर्खेत / बालुवाटार गन्धर्व र पठानटोल भूमीहिन खाद्यअधिकार समूहले वीरेन्द्रनगर नगरपालिकालाई ज्ञापन–पत्र बुझाएको छ । उक्त दुई समूहले सोमबार वीरेन्द्रनगर नगरपालिका कार्यालयमा पुगेर नगरप्रमुख महोनमाया ढकाल ९भण्डारी०लाई ज्ञापन–पत्र बुझाएको हो ।
उक्त समूहका संयोजकसहित खाद्य अधिकारका विषयमा काम गर्दै आएको फियान नेपाल कर्णाली संयोजक प्रकाश नेगी, जिल्ला खाद्य अधिकार सञ्जालका प्रतिनिधिको सहभागितामा ज्ञापन–पत्र बुझाएको हो ।
उक्त ज्ञापन–पत्रमा भूमिहिनपठानटोलले शुद्धपिउने पानि र सिँचाइ समस्याको समाधान, गुणस्तरिय बीउ, मलआधुनिक कृषिका उपकरण र मलमा अन्य थप सरकारी स्रोत साधनहरुमा पहुँच वृद्धि, शिक्षाको सुविधाबाट वञ्चित नागरिकलाई शिक्षाको सुविधा, जनताको आवास कार्यक्रममा पहुँच पु¥याउँनु पर्ने र रोजगारीको अवसर सिर्जना गर्नु पर्ने माग राखेका छन् ।
यस्तै, बालुवाटार गन्धर्वभूमीहिन खाद्य अधिकार समुहले सम्पुर्ण सुकुम्वासी गन्धर्वहरुलाई जग्गा तथा लालपुर्जाको ब्यवस्थापन, घर आवासको ब्यवस्थापन, रोजगारी तथा सीपमुलुक कामको व्यवस्था तथा आयआर्जनको व्यवस्थापन, शुद्धपिउने पानिको व्यवस्थापन, सडकको व्यवस्थापन र बस्तिमा तटबन्ध निमार्णका लागि पहल गरिदिनु पर्ने माग राखेका छन् ।


दर्शन खबर । २८ असार २०७९, मंगलवार