भेरीगंगा नगरपालिकाको ११ औँ नगरसभा सम्पन्न 

कुलेन्द्र शाही सुर्खेत / भेरीगंगा नगरपालिकाको ११ औँ नगरसभा सोमवार सम्पन्न भएको छ । नगरपालिकाका समृद्धि बिकास र स्थानिय तहको कानुन निमार्ण देखी निति कार्यान्वन तथा चालु आर्थिक वर्षको बिनियोजित योजनाको बिषयमा ऐतिहासिक निर्णय गर्दै हिजो भेरीगंगा नगरपालिकाले ११ औँ नगर सभा सम्पन्न गरेको छ ।

नगर सभाका सभाअध्यक्ष तथा भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले नगरपालीकाको आर्थिक वर्ष २०७९र०८० को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको विवरण प्रस्तुत गर्न नगर उपप्रमुख धनसरा बोहोरालाई अनुरोध गर्नुभएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गरिएको छ ।

२ मिनेट समयमा नगरपालिकामा भेरीगंगा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष दिनेश पुलामी,कार्यपालीका सदस्य मानसिं परियार नगर सभा सदस्य गोरख बहादुर खड्का लगाएत अन्य सदस्यहरुले जिज्ञासा राख्नुभएको थियो ।

सदस्यहरुले उठाएका जिज्ञासालाई बिषयगत समितिका पदाधिकारी तथा नगर प्रमुखले क्रमिकरुपमा जवाफ दिनुभएको थियो । नगर प्रमुख ढकालले नगर सभा भब्यताको साथ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभएको थियो । नगरपालिकाको ११ औँ नगरसभामा नगर उपप्रमुख धनसरा बोहोराले आगामी आर्थिक वर्ष २०७९ ८० को लागि ६७ करोड ५ लाख ८१ हजार ७ सय ७९ रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको हो ।

राजस्व बाँडफाँड तर्पm १३ करोड २१ लाख ३९ हजार १ सय ३९ , आन्तरिक तर्फ २ करोड ९९ लाख ५५ हजार ६ सय ४०, बित्तिय समानिकरण तर्फ १५ करोड ९५ लाख ८७ हजार, सर्शत अनुदान तर्फ ३२ करोड २९ लाख बजेट प्राप्त भएको छ । त्यस्तै समपुरक अनुदान तर्फ १ करोड ३० लाख र विशेष अनुदान तर्फ १ करोड ३० लाख ल्याएको छ ।

नगरपालीकाले संघीय सरकार र प्रदेश सरकारबाट आगामी आर्थिक बर्षको लागि १ करोड ३० लाख रुपैया बिशेष अनुदानको अनुमान गरिएको छ । त्यस्तै संघ र प्रदेशको शसर्त अनुदान ३२ करोड २९ लाख, संघ र प्रदेशको समपुरक अनुदान १ करोड ३० लाख, नगर समपुरक अनुदान १ करोड ५० लाख , प्रदेश सरकारको शसर्त अनुदान ११ लाख ७१ हजार खर्च हुने अनुमान गरेको छ । त्यस्तै नगरका प्रशासनिक खर्च १३ करोड ४७ लाख २७ हजार ९ सय ७९, नगरपालिका स्तरिय योजनाहरु ४ करोड ९३ लाख ३७ हजार खर्च हुने अनुमान गरेको छ ।


तपाईको प्रतिक्रिया