सांसद झोवा बिकले भनिन् १५ लाख बजेट पाएपछि खुशी छु

सुर्खेत । नेपाली कांग्रेस मुगु क्षेत्र नम्बर एककी कर्णाली प्रदेसभा सदस्य झोवा विकले पहिलो पटक आफ्नो क्षेत्रमा १५ लाख बजेट विनियोजन भएकोमा खुशी भएको बताएकी छन् ।
आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको बजेटमाथिको आइतबार प्रदेशसभामा भएको छलफलमा भाग लिँदै विकले आफू निर्वाचित भएको ४ वर्षपछि पहिलो पटक आफूले प्रस्ताव गरेको योजनामा १५ लाख बजेट विनियोजन भएकोमा खुसी भएको बताइन् ।

विगतमा आफूलाई पटकपटक बजेट दिने आश्वासन दिइए पनि बजेट भने नदिने गरेको उनको दुखेसो थियो । कृषि मन्त्रीलाई लक्षित गर्दै आफ्नो क्षेत्रमा कृषिको बजेट किन काटेको भन्दै प्रश्न गरिन् । यस्तै सांसद विकास कोषको पैसा पाउनुपर्ने माग राख्दै योजनाको अनुगमन नगरी भुक्तानी नदिन सरकारलाई आग्रह समेत गरिन् ।


तपाईको प्रतिक्रिया