सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्ने क्रममा प्रदेशसभा सदस्यहरुले मन्त्रीका छोराछोरीहरु बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरुले छोराहरूलाई स्वकीयमा राखेको बताउँदै बजेटमाथि छोराहरू नै हाबी भएको बताउनुभयो । उहाँले सांसदले दिएका योजनाहरु समावेश नगरेर छोराहरुले संकलन गरेका योजनाहरु मात्र समावेश गरेको गम्भिर आरोप लगाउनुभयो । प्रदेशसभामा बजेटमाथिको छलफलमा बोल्दै उहाले नीति विधिमा चल्नका लागि मन्त्रीका छोराछोरी बाधक भएको बताउनुभयो ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, जलस्रोत तथा ऊर्जा विकास मन्त्री र सामाजिक विकास मन्त्रीका छोराहरू स्वकीय सचिव भएर काम गरिरहेको उहाँको भनाई छ । यसैबिच, संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन हिजो कणर्ाली प्रदेशसभा बैठक बसेको छ । संघिय सरकारले गरेको उक्त निणर्यलाई बेवास्था गर्दै प्रदेसभा बैठक संचालन गरिएको हो । राष्ट्रि शोकमा कुनैपनि सरकारी काम काज गर्न नपाइने प्रचलन छ ।
तर कणर्ाली प्रदेश सभा भने निर्वाध रुपमा संचालन भयो । यता, प्रदेश सभा सचिवालयले भने यस विषयमा हेक्का पुग्न नसकेको स्वीकार गर्नुभएको छ । प्रदेश सभा सचिव जीवराज जीवराज बुढाथोकीले यस विषयमा हेक्का नभएको प्रतिक्रिया दिनुभयो । उहाले यस विषयमा कुनै छलफल नभएको बताइरहदा सभामुख राजबहादुर शाहीले भने सर्बदलिय बैठकमा यस विषयमा कुरा उठेको तर समयको अभाव कारण शोक घोषणा भएपनि बैठक चलाउनुपरेको बताउनुभयो । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएपछि नेपाल सरकारले शनिबार शोक मनाउने निणर्य गरेको थियो ।


दर्शन खबर । २६ असार २०७९, आईतवार