
दाङ । दाङको बेल्झुन्डीमा संचालित १२ औ संघिय तथा प्रथम लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता २०७९ को उपाधी बाके जिल्लाले जितेको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा संचालित प्रतियोगितामा १९ स्वणर् ७ रजत र १० कास्य पदक हात पार्दै बाके ले उपाधी जितेको हो । उपाधी संगै उसले लुम्बिनी प्रदेश स्तरिय रनिङ शिल्ड उचाल्यो ।
त्यस्तै बर्दिया जिल्ला ९ स्वणर् ९ रजत र १२ कास्य पदकका साथ द्वितिय हुदा दाङ ६ स्वणर्, ११ रजत र १३ कास्य पदक हात पार्दै तृतिय भयो भने कपिलवस्तु जिल्ला ६ स्वणर्, ४ रजत र २ कास्य पदकका साथ सान्त्वना भयो ।
यसैबिच प्रतियोगिता अन्तरगत कराते छात्रमा गुल्मी जिल्लाका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै एथलेटिक्समा छात्रमा बाकेका युब राज बिक र छात्रामा दाङकी निशा चौधरी उत्कृष्ट खेलाडी भए । त्यस्तै उसु तर्फ छात्रमा बाकेका सुदिप रोका मगर र छात्रामा बर्दियाकी लिन्दा दहित उत्कृष्ट भए । त्यस्तै भलिबल छात्रमा रुपन्देहीका बादल राना र छात्रा तर्फ रुपन्देहिकै सपना डागी उत्कृष्ट खेलाडी भए ।
प्रतियोगितामा ब्यक्तिगत बिधा अन्तरगत एथलेटिक्स,उसु,करातेमा प्रथम स्थान हात पारेका खेलाडि र टिम गेम तर्फको कबडी,भलिबलमा छनोटका आधारमा टिम तयार गरिनेछ ।


दर्शन खबर । २६ असार २०७९, आईतवार