
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको ६२.३७ प्रतिशतमात्रै खर्च गर्न सफल भएको छ ।
प्रदेश लेखा कार्यालय सुर्खेतका अनुसार संघीय सशर्तलगायतको बजेटसमेत कार्यालयमा आएकाले कुल बजेट ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजारमध्ये असार २५ गतेसम्म २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ रुपैयाँ खर्च भएको हो ।
यद्यपि कणर्ाली प्रदेश सरकारले चालू आर्थिक वर्षमा कुल ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेट ल्याएको थियो । जसअनुसार चालूतर्फ १३ अर्ब ७८ करोड २९ लाख ९६ हजार ६९८ बजेट रहेकोमा नौ अर्ब १२ करोड ८१ लाख २४ हजार ३४८ रुपैयाँ खर्च गरेको छ ।
यस्तै पूँजीगततर्फ २४ अर्ब ५७ करोड ४१ लाख ३२ हजार ३०२ मध्ये १४ अर्ब ७५ हरोड १७ लाख ८५ हजार ४२६ रुपैयाँ खर्च गरिएको छ ।


दर्शन खबर । २६ असार २०७९, आईतवार