कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीद्वारा बकर इद पर्वको शुभकामना

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गराउने विश्वास व्यक्त गर्नुभएको छ । बकर इद इद–उल–अज्हाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक सद्भावका माध्यमबाट समाजमा दिगो शान्ति कायम राख्ने बताउनुभएको हो ।

मुख्यमन्त्री शाहीले यस पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “विविधतायुक्त हाम्रो आर्कषण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो, बहुधर्म र बहुसंस्कृतिले नेपाली समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्ने अभिप्रेरित गर्दछ ।”रेडियो नेपाल


तपाईको प्रतिक्रिया