अम्मर राजवंशी सुर्खेत / आज राती देखि पानी परेका कारण बोटेचौर बजार देखी जाजरकोट जाने सडक बाढी पसेर बाटो आबरुद्द भएको छ । बजार क्षेत बिक्षेतका सधैं सवारीसाधन यात्रीहरुलाई सास्ती भएको हो हाल सम्बन्धित स्थानीय निकायले उचित ढलनिकास नगर्दा बजार क्षेत्र क्षेतबिक्षेत र बाटो समेत आबद्ध हुने गरेको अस्थायी प्रहरी चौकी बोटेचौरले जनाएको छ ।
सानो पानी पर्दा पनि खोला आयार बजार क्षेत्र आस्तबेस्त हुने गरेको एक स्थानीय ब्यापारीले बताए । स्थानीय सरकार लाई पटक पटक उचित ढलनिकास गर्न आफुहरुले माग गरे पनि स्थानीय सरकारले कुनै पनि पहल नगरेको ब्यापारीले जनाएका छ्न ।
उक्त ढलनिकास नहुदा प्रहरी अस्थायी चौकको कार्यालय समेत जोखिममा रहेको छ । उता स्थानीय सरकारले भने आफुहरुले उचित ढलनिकास गर्ने माथिल्लो तह सङ्ग समन्वय गरेको र केहि समयमै काम हुने बताएका छ्न । करिब आधा घन्टा अवरुद्ध भएको सडक बोटेचौर प्रहरी चौकीको पहल मा खोलीएको हो ।



दर्शन खबर । २६ असार २०७९, आईतवार