कुलेन्द्र शाही सुर्खेत / गुर्भाकोट नगरपालिकामा निशुल्क कान स्क्रिनिङ्ग शिविर सुरु भएको छ । वडा ९ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र बोटेचौरमा कान सम्बन्धी समस्या भएका व्यक्तिहरुको सुनाई जाँच भएको छ । उक्त शिविरबाट आज (शनिबार) १ सय ४ जना व्यक्तिले सेवा लिएको शोभा रेग्मीले जानकारी दिनुभयो । नेपाल नेत्र ज्योति संघ एकृकीत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक सहयोग, प्रदेश अस्पतालको प्राविधिक सहयोग र गुर्भाकोट नगरपालिकाको आयोजनामा कार्यक्रम सुरु भएको हो ।
शिविरको उद्घाटन गुर्भाकोट नगरपालिका वडा न ९ का वडा अध्यक्ष ज्ञान बहादुर खत्रीले गर्नु भएको थियो । अध्यक्ष खत्रीले कान मानव शरिरको एक अभिन्न अंग भएको बताउनुभयो । उहाले मानिसहरुमा विभिन्न कारणले कानमा समस्या हुने भएकोले सधै सुरक्षित राख्नु पर्ने बताउनुभयो । समाजमा अहिले पनि कान नसुन्ने मानिसहरुलाई अर्कै नजरले हेर्ने गरिएको भन्दै उनीहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त शिविरमा नाक, कान घाँटी बिषेशज्ञ डा पारस पौडेल डा धिरज विसुन्के, बरिष्ठ नर्सिङ अधिकृत अनिल कार्की लगायतले चेक जाँच गर्नुभएको थियो ।
सो शिविर भोली असार २६ गते सामुदायिक आँखा उपचार केन्द्र मेहलकुनामा हुने बताइएको छ


दर्शन खबर । २५ असार २०७९, शनिबार