सुर्खेत / कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९र८० को बजेटमाथि छलफल गर्ने क्रममा प्रदेशसभा सदस्यहरुले मन्त्रीका छोराछोरीहरु बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरुले छोराहरूलाई स्वकीयमा राखेको बताउँदै बजेटमाथि छोराहरू नै हाबी भएको बताइन्। हामीले दिएका योजनाहरु समावेश नगरेर छोराहरुले संकलन गरेका योजनाहरु मात्र समावेश गरेको आरोपसमेत लगाइन्।
प्रदेशसभामा बजेटमाथिको छलफलमा बोल्दै उनले नीति विधिमा चल्नका लागि मन्त्रीका छोराछोरी बाधक भएको समेत आरोप लगाइन्। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, जलस्रोत तथा ऊर्जा विकास मन्त्री र सामाजिक विकास मन्त्रीका छोराहरू स्वकीय सचिव भएर काम गरिरहेका छन्। थाहा


दर्शन खबर । २५ असार २०७९, शनिबार