सल्यानमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

सुर्खेत / सल्यानमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु भएको छ ।

जिल्लाको कालीमाटी गाउँपालिका ४ का ७ वर्षीय देवदर्शन रानाको अरिङ्गालको टोकाइबाट बुधवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घर नजिकको खेतबारीमा बाख्रा चराउने क्रममा अरिङ्गालले टोकी घाइते भएका रानाको मेलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया