रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

रामेछाप / रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

रामेछापको सुनापथी गाउँपालिकाको हिलेदेवीबाट काठमाण्डौको लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवि गाउँपालिका १ को लुभुघाटमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेहरुमा पाँच जना पुरुष र चार जना महिला रहेका रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। केही घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार गरिएको तामाङले बताउनुभयो ।

अहिले शव सङ्कलन र उद्धारको कार्य भइरहेको उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया